काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) मा आज बुटवल लुम्बिनी र धनगढी खेल्दैछन् । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने खेल बेलुका ६ बजे शुरू हुनेछ ।
यसअघि बुटवलले झापासँगको खेलमा गोलरहित बराबरी खेल्दै अङ्क बाडेको थियो । धनगढीको भने आज पहिलो खेल हुन लागेको हो । हिजोको खेलमा चितवनले पोखरालाई २–० ले पराजित गरेको थियो ।
तेस्रो संस्करणको एनएसएल फुटबलमा सात टोली ललितपुर, काठमाण्डौ, पोखरा, बुटवल लुम्बिनी, धनगढी, झापा र चितवन सहभागी छन् ।
लिग चरणमा कुल २१ खेल हुनेछन् । लिग चरणपछि ४ टोली प्ले अफमा पुग्नेछन् । फाइनल खेल वैशाख १३ गते हुनेछ ।
प्रकाशित मिति : मंगलबार, चैत्र १९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्