काठमाडौँ – सरकारले राजावादीको अराजक प्रदर्शनमा सहभागी नहुन अपिल गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजावादीको अराजक प्रदर्शनमा सहभागी नहुन आम सर्वसाधारणलाई बैठकले अपिल गरेको बताए ।
उनले तीनकुनेमा शुक्रबार राजावादीले गरेको हिंसात्मक प्रदर्शनको बैठकले निन्दा गरेको जानकारी दिए । यस्तै घटनामा घाइते भएकाहरूको उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको पनि बताए ।
यस्तै बैठकले घटनाको सत्यतथ्य छानबिन गर्न र दोषीमाथि गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय समेत गरेको गुरुङले बताए ।
प्रकाशित मिति : मंगलबार, चैत्र १९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्