काठमाण्डौ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सञ्चालनमा ल्याएको हटलाइन सेवा ९११५१० मा उजुरी दिनेको सङ्ख्या उल्लेख्य रहेको छ ।
हटलाइनमा फागुन महिनामा एक हजार ९ सय २ वटा उजुरी दर्ता भएको छ । चैत महिनाको तेस्रो हप्तासम्ममा पनि एक हजारभन्दा धेरै गुनासो आएका छन् ।
काममा ढिलासुस्ती, सूचनाविना नै बत्ती काट्ने, मिटर नपाउने, ट्रान्सफर्मर जल्ने, अनियमित मिटर रिडिङ तथा अनावश्यक झन्झटजस्ता समस्या समाधान गर्न सञ्चालनमा ल्याइएको हटलाइन सेवा प्रभावकारी बनेको मन्त्रालयले जनाएको छ ।
फोनबाहेक फेसबुक, भाइबरलगायतका डिजिटल माध्यमबाट सेवाग्राहीहरूले गुनासो गर्ने गरेका छन् । सबैभन्दा बढी गुनासो बागमती र मधेश प्रदेशबाट आएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हटलाइनमा आएका गुनासोलाई सम्बोधन गर्न निर्देशन दिनुभएको छ ।
हटलाइन सेवामा कार्यरत रामकृष्ण पौडेलले गुनासो आउने बित्तिकै सम्बन्धित कार्यालय र वितरण केन्द्रका प्रमुखलाई जानकारी गराएर समस्या समाधान गर्दै आएको बताउनुभयो ।
प्रकाशित मिति : बुधबार, चैत्र २० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्