चलचित्र ‘वसन्त’ आजदेखि प्रदर्शनमा

चलचित्र ‘वसन्त’ आजदेखि प्रदर्शनमा

Basanta_Galbandi Production

काठमाण्डौ – चैते दशैँको अवसर पारेर चलचित्र ‘वसन्त’ आजदेखि प्रदर्शनमा आएको छ । प्रकाश सपूतको डेब्यु निर्देशन रहेको चलचित्रको मुख्य भूमिका प्रकाश स्वयंकै रहेकाे छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुतिमा बनेको सोसल ड्रामा ‘वसन्त’ को कथा, पटकथा र सङ्गीत निर्देशककाे भूमिकामा पनि सपूतलाई नै देख्न सकिन्छ ।

चलचित्रमा प्रकाशसँगै नायिका स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्कबहादुर पुन, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।

चलचित्रले नेपालभरका हलमा उच्च शो पाएको छ । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने सङ्घर्षको कथा चलचित्रले समेटेकाे छ ।

प्रकाशित मिति : शुक्रबार, चैत्र २२ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij