राजावादीहरूले संविधान मास्न हिंसात्मक क्रियाकलाप गरे : गृहमन्त्री

राजावादीहरूले संविधान मास्न हिंसात्मक क्रियाकलाप गरे : गृहमन्त्री

काठमाडौं : गृहमन्त्री रमेश लेखकले चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरूले गरेको प्रदर्शन संविधान समाप्त पार्ने उद्देश्यले गरिएको बताए ।

शुक्रवार सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रदर्शनबारे जानकारी दिँदै उनले यस्तो बताएका हुन् । उनले तीनकुनेमा भएको प्रदर्शनमा संविधान उल्ट्याउने र व्यवस्था मास्ने उद्देश्यले अमर्यादित र हिंसात्मक क्रियाकलापहरू भएको बताए ।

उनले राजावादी समूहले शान्तिपूर्ण आन्दोलन गर्ने अनुमति लिएर निजी सम्पति तोडफोड आगजनीमा उत्रिएको बताए । उनले पूर्वराजा ज्ञानेन्द्र शाहले सार्वजनिक गरेको अभिव्यक्ति, फागुन २५ को प्रदर्शन तथा राजावादी नेताहरूले दिएको अभिव्यक्ति केलाएर हेर्दा संविधान र व्यवस्था उल्ट्याउने उद्देश्य नलुकेको बताए ।

प्रदर्शनको नेतृत्व गर्नेहरूले नै भिडलाई हिंसात्मक र निजी सम्पत्तिमाथि आगजनी गर्न उक्साएको उनको आरोप छ ।

 

प्रकाशित मिति : शुक्रबार, चैत्र २२ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij