मोरङ । नेपाल साफ महिला फुटबल च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
आज भएको पहिलो सेमिफाइनलमा श्रीलंकाविरुद्ध ४–० गोल अन्तरको जित निकाल्दै नेपालले फाइनलमा स्थान बनाएको हो ।
नेपालले अब उपाधिका लागि भारत र बंगलादेशबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ । भारत र बंगलादेशबीचको सेमिफाइनल पनि आजै हुने छ ।
विराटनगरको शहीद रंगशालामा भएको सेमिफाइनलमा नेपालले पहिलो हाफमा १ गोल गरेको थियो भने बाँकी तीन गोल दोस्रो हाफमा सम्भव भएको हो ।
सुरुदेखि नै आक्रमक फुटबल खेलेको नेपालले पहिलो गोल गर्न भने ४२ औं मिनेटसम्म कुर्नु परेको थियो ।
पहिलो हाफको ४२ औं मिनेटमा पुनम जर्घा मगरले गोल गर्दै अग्रता दिलाएकी हुन् ।
गीता रानाले प्रहार गरेको फ्रीकिकलाई कप्तान निरु थापाले बाइसाइकल किक प्रहार गरेकी थिइन् । निरुको प्रहारलाई सावित्राले हेडर गरकी थिइन् ।
निरु र फरवार्ड सावित्रा भण्डारीमाथि ध्यान दिएका बेला अनमार्कमा रहेकी पुनमले गोल गरेकी हुन् । नेपालले पहिलो हाफमा थुप्रै पटक पोस्ट चार्ज गरेको थियो ।
दोस्रो हाफको सुरुमै सावित्रा भण्डारीले गरेको पोस्ट चार्ज भने श्रीलंकाली गोल किपरल बचाएकी थिइन् ।
त्यसैगरी कप्तान निरु थापाले पनि पटक पटक पोस्ट चार्ज गरेकी थिइन् । यसैगरी दोस्रो हाफमा डी बक्सभित्र श्रीलंकाली खेलाडीले ह्याण्ड गर्दा पनि रेफ्रीले पेनाल्टी दिएनन् ।
७२ औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् । कप्तान निरु थापालाई रिप्लेस गर्दै मैदान प्रवेश गरेकी रेखा पौडेलले पनि राम्रो फुटबल खेलेकी थिइन् ।
८१ औं मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि व्यक्तिगत पहिलो र टिमका लागि तेस्रो गोल गरिन् ।
सावित्राको जारी साफमा व्यक्तिगत तेस्रो गोल पनि हो । तीन गोलको अग्रता बनाएको नेपाललाई रेखा पौडेलले चौथो गोल गरेकी थिइन् । रेखाको यो पहिलो अन्तर्राष्ट्रिय गोल पनि हो ।
प्रतियोगिताअन्तर्गत आजै दिउँसो भारत र बंगलादशेबीच दोस्रो सेमिफाइनल हुने छ । नेपालले उपाधिका लागि शुक्रबार दिउँसो ३ बजे भारत र बंगलादेशबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।
प्रकाशित मिति : बुधबार, चैत्र ६ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्