तीन संसदीय समितिको बैठक शुक्रबार बस्ने

तीन संसदीय समितिको बैठक शुक्रबार बस्ने

काठमाडौं ,  संघीय संसद्अन्तर्गत तीन संसदीय समितिको बैठक शुक्रबार बस्ने भएको छ। प्रतिनिधिसभाका दुई र राष्ट्रिय सभाका एक समितिको बैठक बस्न लागेको हो।

कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिको मस्यौदा वार्षिक प्रतिवेदन, २०८१-०८२ माथि छलफल गर्ने कार्यसूची छ। बैठक बिहान ११ बजे बस्नेछ।

बिहान ११ बजे नै बस्ने राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदनमा छलफल हुनेछ ।

विधायन व्यवस्थापन समितिको बैठकमा संविधानअनुसार बन्न बाँकी कानूनको सम्बन्धमा कानून मन्त्रालयसँग छलफल हुने तय भएको छ। दिउँसो १ बजे बस्ने छ।

प्रकाशित मिति : शुक्रबार, बैशाख ५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij