प्रधानमन्त्रीसँगको वार्ता निष्कर्षविहीन भएपछि शिक्षक आज पनि सडकमै

प्रधानमन्त्रीसँगको वार्ता निष्कर्षविहीन भएपछि शिक्षक आज पनि सडकमै

काठमाडौं : प्रधानमन्त्रीसँगको वार्ता पनि निष्कर्षविहीन भएपछि शिक्षकहरूले आन्दोलन जारी राख्ने भएका छन्। प्रधानमन्त्री र शिक्षकहरूबीच शुक्रबार मध्यरातिसम्म वार्ता भएको थियो।

शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार राति ९ बजेदेखि ११ बजेसम्म प्रधानमन्त्री केपी शर्मा ओली र त्यसपछि सभामुख देवराज घिमिरेसँग छलफल भएको थियो। माग सम्बोधन गर्नेबारे प्रधानमन्त्री ओली सकारात्मक देखिएका थिए। तर, शिक्षकहरूले सानातिना लेनदेन गरी आन्दोलन नरोकिने भन्दै शिक्षा ऐन जारी गर्नु नै आफूहरूको बटमलाइन हुने भनेपछि शिक्षक राति साढे एक बजे रित्तोहात फर्किएका थिए।

सरकारले वैशाख १२ गते शुरु हुने संसदको बर्खे अधिवेशनमार्फत ऐन जारी गर्ने योजना बनाएको छ। तर, ऐन हातमा नपरेसम्म कार्यस्थल नफर्किने शिक्षकहरूको अडान छ। हिजोको वार्ता असफल भएपछि महासंघले आज पनि प्रदर्शन जारी राख्ने भएको छ। समग्र परिस्थितिको मूल्यांकन गर्दा आन्दोलन तत्काल रोक्न नसकिने भन्दै सुवेदीले शनिबार पनि दिउँसो १२ बजे माइतीघरमा भेला हुन शिक्षकहरूलाई आग्रह गरेका छन्।

उनीहरुले आन्दोलन नछाडेपछि कक्षा १२ को परीक्षामा असर पर्नसक्ने सम्भावना बढेको छ। तर, राष्ट्रिय परीक्षा बोर्डले भने परीक्षा सार्नेबारे तत्काल कुनै निर्णय नभएको बताएको छ।

 

प्रकाशित मिति : शनिबार, बैशाख ६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij