युक्रेनसँग प्रत्यक्ष वार्ता गर्न पुटिन तयार

युक्रेनसँग प्रत्यक्ष वार्ता गर्न पुटिन तयार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धको प्रारम्भिक चरणपछि पहिलो पटक युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग द्विपक्षीय वार्ता गर्न तयार रहेको सङ्केत गर्नुभएको छ ।

सोमवार रुसी सरकारी टिभीसँग कुरा गर्दै राष्ट्रपति पुटिनले रुसले कुनै पनि शान्ति पहललाई सधैँ सकारात्मक रूपमा हेरेको र युक्रेनका प्रतिनिधिहरूले पनि त्यस्तै महसूस गर्ने आशा गरेको बताउनुभएको बीबीसीले जनाएको छ ।

पत्रकारहरूसँग कुरा गर्दै पुटिनले नागरिक पूर्वाधारविरुद्धको आक्रमण रोक्ने विषयमा युक्रेनसँग सीधै छलफल गर्न सम्भव हुनसक्ने उल्लेख गर्नुभयो ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पुटिनको टिप्पणीको प्रत्यक्ष प्रतिक्रिया नदिएको तर नागरिकको सुरक्षा सुनिश्चित गर्ने कुनै पनि वार्ताका लागि तयार रहेको बताउनुभएको खबरमा उल्लेख छ ।

सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा पूर्ण–स्तरीय आक्रमण शुरू गरेपछिका शुरुआती हप्तादेखि दुई पक्षबीच प्रत्यक्ष वार्ता भएको छैन ।

यस हप्ताको शुरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच शान्तिवार्तामा कुनै प्रगति नभएमा अमेरिका मध्यस्थताबाट बाहिरिने धम्की दिनुभएको थियो ।

ट्रम्पको यो धम्कीपछि अमेरिका, युरोपेली र युक्रेनी अधिकारीहरू यस हप्ता लन्डनमा भेट्ने तयारीमा छन् ।

प्रकाशित मिति : मंगलबार, बैशाख ९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij