बुटवल, वाईसीएल नेपाल बुटवल उपमहानगरपालिका समिति, रुपन्देहीको आयोजनामा युवा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र को भातृ संगठन वाईसीएल नेपालले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले पछिल्लो समय माओवादीप्रति जनलहर बढेको दावी गरे ।
कार्यक्रममा माओवादी केन्द्र रुपन्देहीका जिल्ला अध्यक्ष निर्मल जि सी ले माओवादीप्रति आम जनताको नजर सकारात्मक रहदै आएको बताए । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड को नेतृत्वमा सञ्चालन भएको तराई–मधेश जनजागरण अभियानले माओवादी केन्द्रप्रति जनताको आकर्षण बढिरहेको दावी गरे । वाईसीएल नेपालका केन्द्रिय सचिव माधव बस्नेतले वाईसीएल माओवादीको मात्रै नभइ देशकै युवा शक्ति रहेको दावी गरे ।
कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य तथा पूर्व प्रदेश सभा सदस्य दिपा वि।क।ले वाईसीएल माओवादीको शक्ति रहेको बताउँदै युवाहरुलाई राजनीतिमा टिकाइराख्न आवश्यक रहेकोमा जोड दिइन् । वाईसीएल नेपाल बुटवल नगर कमिटी अध्यक्ष श्रीजन थापाले वाईसीएल माओबादीको योद्धा रहेको बताउँदै सामाजिक क्रियाशीलताका कार्यहरु गर्दै अगाडि बढ्ने उल्लेख गरे ।
कार्यक्रममा माओवादी केन्द्र बुटवल उपमहानगरपालिका इञ्चार्ज पुष्पराज ढकाल क्षितिज, उपमहानगर अध्यक्ष महेन्द्र भुसाल, वाईसीएल रुपन्देही सचिव प्रकाश थापा, वरिष्ठ उपाध्यक्ष रबि खड्का, नवनियुक्त सचिव लक्ष्मण बञ्जाडे लगायतले बोलेका थिए ।
प्रकाशित मिति : सोमबार, बैशाख १५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्