द्वन्द्वकालमा जमीनमुनि गाडेका हतियार बरामद

द्वन्द्वकालमा जमीनमुनि गाडेका हतियार बरामद

अर्घाखाँची : अर्घाखाँची जिल्लामा प्रहरीले सर्च अभियान सञ्चालन गरेको छ । मालारानी गाउँपालिकाको वडा नं ३ र ५ को सिमानामा द्वन्द्वकालमा लुकाई राखेको हतियार बरामद गरेको छ।

मालारानी ३ को गँहेलीमा केही दिन अघि दुईवटा सकेट बम भेटीएको थियो । ती बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको थियो।

शुक्रबार सोही क्षेत्रमा सर्च गर्दा २ वटा भरुवा बन्दुक र दुई वटा टुटु म्यागनम भेटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

प्रहरीले जिल्लाका शकास्पद क्षेत्रमा सर्च अभियान सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख नबराज मल्लले जानकारी दिए। ‘हामीले शंकास्पद स्थानमा सर्च अभियान सञ्चालन गरेका छौ । जिल्ला भर यो अभियान सञ्चालन हुन्छ’, उनले भने ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले अवैध हातहतियार तथा खरखजाना ३५ दिनभित्र नजिकैको प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय र नेपाली सेनाको ब्यारेकमा बुझाउन आग्रह गरेको छ।

हातहरियार र खरखजाना राखेको भए चैत्र मसान्त भित्र बुझाउन सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए।

प्रकाशित मिति : शुक्रबार, चैत्र ८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij