मन्त्रिपरिषद बैठक अचानाक स्थगित, नवनियुक्त मन्त्रीको सपथ पनि रोकियो

मन्त्रिपरिषद बैठक अचानाक स्थगित, नवनियुक्त मन्त्रीको सपथ पनि रोकियो

 

काठमाडौं । आज बिहान बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक अन्तिम समयमा आएर अचानक स्थगित भएको छ। सिंहदरबारमा हुने भनिएको मन्त्रिपरिषद् बैठकसँगै नव नियुक्त राज्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम पनि स्थगित भएको हो

शुक्रबार बिहान १० बजेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ कार्यक्रम तय गरेका थिए। प्रधानमन्त्री ओलीको सचिवालयले दुवै कार्यक्रम स्थगित भएको जनाएको छ। तर मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम स्थगित गर्नुको कारण भने खुलाइएको छै

प्रधानमन्त्रीले नव नियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजालाई आजै शपथ ग्रहण गराउने कार्यक्रम राखेका थिए। सरकारको सिफारिसमा गएको बुधबार राष्ट्रपति रामचन्द्र पौडेले गर्बुजालाई राज्यमन्त्री नियुक्त गरेका थिए

गर्बुजा म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद हुन्। प्रधानमन्त्री ओलीले तत्कालीन ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई वैशाख १० गते बर्खास्त गरेका थिए।

 

प्रधानन्त्रीको सचिवालयका एक सदस्यले आज अब मन्त्रिपरिषद् बैठक नहुने बताए। राज्यमन्त्रीको शपथ हुनेरनहुने विषय भने उनले केही खुलाएनन्।

प्रकाशित मिति : शुक्रबार, बैशाख १९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij