असल अभ्यास

शिक्षक कर्मचारीका छोराछोरी पनि सरकारी स्कुलमै:अमर माविको उदाहरणीय अभ्यास

शिक्षक कर्मचारीका छोराछोरी पनि सरकारी स्कुलमै:अमर माविको उदाहरणीय अभ्यास

जब शिक्षकले भने—हामी पढाउँछौं भने हाम्रो बच्चा पनि यही पढ्छन

 

बुटवल– सरकारी विद्यालयप्रति बढ्दो अविश्वास र निजीसंस्थामै बच्चा पढाउने प्रवृत्तिको बीचमा बुटवल–१९ मनोहरापुर  स्थित अमर माध्यमिक विद्यालयले उदाहरणीय अभ्यास सुरु गरेको छ। विद्यालयमा अध्यापन गराउने शिक्षकहरूले आफ्ना छोराछोरी निजी विद्यालयबाट निकालेर यही विद्यालयमा भर्ना गर्न थालेका छन्। हालसम्म १७ जना शिक्षक कर्मचारीका बालबालिका अमर माविमा अध्ययनरत छन्।

विद्यालयका प्रधानाध्यापक देवराज पौडेलका अनुसार यो निर्णय व्यवहारिक र दूरदर्शी छ। “हामी भन्छौं सरकारी विद्यालय राम्रो छ, तर आफ्नै सन्तानलाई निजीमा पढाउँछौं भने त्यो विश्वास कसरी जगाउँला?” प्रधानाध्यापकले भन्नुभयो, “त्यही सोचेर हामीले यो अभ्यास सुरु गरेका हौं।”

विद्यालयका शिक्षक कृष्ण प्रशाद पन्तका अनुसार यस विद्यालयलको सुरु गरेको यो अभ्यास अब उदाहरण बन्दै जाने अपेक्षा सहित आफ्नो बच्चालाई यस विद्यालयमा ल्यायौ ।, “ हामीले जुन किसिमको सुधारको ल्याएका छौं, त्यो देखेपछि मैले अब आफ्नै विद्यालयमै पढाउने निर्णय लिएँ,” उहाँले भन्नुभयो।

पछिल्लो समय सामुदायिक विद्यालयहरूमा पढाउने शिक्षकहरूले आफ्ना छोराछोरीहरुलाई संस्थागत विद्यालयमा पढाए भने चौतर्फी आलोचना छ।
यो स्कुल निजी भन्दा कम छैन भन्नको लागि र आफूले अध्यापन गराइरहेको विद्यालयको शैक्षिक सुधारको लागि आफूले आफ्नो सन्तानलाई सोही विद्यालयमा अध्ययनको लागि ल्याएको शिक्षक चन्द्रकला भटराईले बताउनुभयो ।
पछिल्लो समय सामुदायिक विद्यालयहरूमा पढाउने शिक्षकहरूले आफ्ना छोराछोरीहरुलाई संस्थागत विद्यालयमा पढाए भने चौतर्फी आलोचना छ।
अमर माध्यमिक विद्यालयले“आफ्ना सन्तति आफ्नै विद्यालयमा” अभियानमार्फत सामुदायिक विद्यालयप्रति विश्वास जगाउँदै शिक्षाको गुणस्तरमा आमूल परिवर्तन ल्याउने उदाहरणीय प्रयास राम्रो भएको कारण आफूले सन्तानलाई सोही विद्यालयमा अध्ययनको लागि ल्याएको विद्यालयका शिक्षक मनि कुमारी बिकले बताउनुहुन्छ ।

आमूल सुधारको संकेत

यस अभ्यासले समाजमा गहिरो सन्देश दिएको छ। जहाँ शिक्षकले पढाउँछन्, त्यहीँ आफ्ना बालबालिकालाई पढाउँदा अभिभावकहरूमा गर्व, समाजमा सन्देश, र विद्यालयमा भरोसा थपिएको अभिभावक पदम काफ्लेले बताउनुभयो ।अभिभावक काफ्लेले भन्नुभयो “शिक्षकले आफ्ना छोराछोरी यही पढाउँदा हामीलाई पनि अब सरकारी स्कुलमा विश्वास गर्न सजिलो भएको छ।”
घर नजिकैको सामुदायिक विद्यालय छाडेर अभिभावकहरु आफ्ना छोराछोरीहरुलाई टाढा टाढासम्मका संस्थागत विद्यालयहरूमा पढाइरहेका छन् तर विद्यालय सुधारमा के गर्न सकिन्छ? कसरी विद्यालय छेउकै विद्यार्थीहरुलाई स्कुलमा तान्न सकिन्छ भनेर यो अभियानको सुरुवात गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम बरालले जानकारी दिनुभयो।

विद्यालय व्यवस्थापन समिति र स्थानीय सरकारसमेत यो अभ्यासप्रति सकारात्मक छन्। ।बुटवल उपमहानगरपालिका–१९ का वडाध्यक्ष चन्द्रसिह थापाका ले भन्नुभयो, “ शिक्षक जनप्रतिनिधी,अभिभावक,कर्मचारीले देखाएको प्रतिबद्धता प्रशंसनीय छ।यो अभ्यासले आफ्नो विद्यालयप्रति विश्वास देखाउने हो भने अरू अभिभावक पनि सरकारी विद्यालयतर्फ आकर्षित हुनेछन् सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि महत्वपूर्ण प्रयास हुनेछ ।”

अमर माध्यमिक विद्यालयको यो अभ्यास केवल स्थानीय तहमा सीमित नरही अन्य विद्यालयका लागि पनि प्रेरणादायी बन्न सक्छ। सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्ने प्रमाणित गर्नका लागि यस्ता उदाहरणहरू आवश्यक छन्।

यस विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा ८ सम्म पूर्णतया अंग्रेजी माध्यममा पढाइ हुने गरेको साथै कक्षा ४ देखि १० सम्म कम्प्युटर शिक्षामा पढाइ हुने , प्रविधिको प्रयोग गरी शिक्षा प्रदान गरी गर्ने गरिएको सुविधा सम्पन्न कम्प्युटर ल्याब तथा विज्ञान प्रयोगशाला रहेको सो विद्यालयका शिक्षक मदन मरासेनीले बताउनुभयो। शैक्षिक सत्र २०८२ को भर्ना अभियानमा झन्डै ९० जना विद्यार्थी संस्थागत विद्यालयबाट यस विद्यालयमा भर्ना हुन आएको समेत उहाँले बताउनुभएको छ। हाल कक्षा ८ सम्म रहेको अंग्रेजी माध्यमलाई कर्मश कक्षा १० सम्म पुर्याउने साथै अभिभावकको मन जिती यस टोल विकास अन्तर्गतका सम्पूर्ण विद्यालय उमेरका विद्यार्थीहरूलाई यसै विद्यालयमा भर्ना गर्ने अभियान चलाइएको लेखापाल बिकास चौधरलिे बताउनुभयो।

प्रकाशित मिति : बुधबार, बैशाख २४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij