JanataToday.com

Advertisment

SKIP THIS

नेपाली सेनाको २२ नम्बर बाहिनीमा बाहिनीपति ट्रफी शुरु

नेपाली सेनाको २२ नम्बर बाहिनीमा बाहिनीपति ट्रफी शुरु

बुटवल, नेपाली सेनाको श्री नं . २२ बाहिनी अड्डा रामनगर ब्यारेक बुटवलले अन्तर्गत युनिटहरुका खेलाडीहरुका बीचमा बाहिनीपति ट्रफी २०८२ शुरु भएको छ। प्रतियोगिताको बाहिनीपति सहायक रथी पुरुषोत्तम खड्काले उद्घाटन गरेका थिए। उनले प्रतियोगिताले आपसी सम्बन्ध र भाइचारा स्थापित गर्नुका साथै शारिरीक तन्दुरुस्ती समेत वृद्धि गर्ने बताए।

कार्यक्रममा बाहिनी अड्डाका सहायक बाहिनीपति महासेनानी सुरेश थापा, अन्तर्गत युनिटहरुका युनिटपतिहरु, बाहिनी अड्डाका स्टाफ अधिकृत, पदिक, सकलदर्जालगायत सम्पूर्ण विधाका अफिसियलको उपस्थिति थिए।

राष्ट्रलाई विश्वसामू पहिचान गराउन खेलकुद एक अभिन्न अङ्ग भएकोले नेपाल तथा नेपाली सेनालाई विश्व सामु चिनाउन, खेलकुद क्षेत्रको विकास एवम् विस्तार र खेलकुदको क्षेत्रलाई फराकिलो पार्ने उद्देश्य अनुरुप श्री नं। २२ बाहिनी अड्डा रामनगर ब्यारेक बुटवलले बाहिनीपति ट्रफी आयोजना गरेको हो।

प्रतियोगितामा पहिलो दिन पुरुषतर्फ १०० मिटर दौड र सटपुट एवम् महिलातर्फ १०० मिटर दौड सञ्चालन भएको थियो।

प्रतियोगितामा प्रत्येक युनिटहरुमा छुट्टाछुट्टै विधाहरु फुटबल, भलिबल, बास्केटबल, तेक्वान्दो, बक्सिङ्ग, जुडो, स्वीमिङ्ग, एथ्लेटिक्स लगायतका खेलहरु यही वैशाख ३१ गतेसम्म सञ्चालन हुने छन्।

प्रकाशित मिति : बिहिबार, बैशाख २५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij