काठमाण्डाै – सर्वाेच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश दिएकाे छ ।
न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले केहीबेरअघि मिश्रलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको हो । मिश्रमाथि गएकाे मङ्गलवार ८औं पटक थप ५ दिन म्याद थप भएकाे थियाे ।
मिश्रलाई गैरकानूनी रूपमा थुनामा राखिएको भन्दै उहाँकी श्रीमती सारिका कार्कीले वैशाख ३० गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दिनुभएकाे थियाे ।
गएकाे चैत १५ गते राजावादीहरूले काठमाण्डाैकाे तीनकुने क्षेत्रमा गरेकाे प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले त्यही दिन मिश्रलाई पक्राउ गरेकाे थियाे । त्याे प्रदर्शनमा हिंसा भड्काउन संलग्न रहेकाे भन्दै प्रहरीले मिश्रलगायतमाथि विभिन्न अभियाेगमा अनुसन्धान गरिरहेकाे छ ।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्