माेहन बस्नेत र माया राईबारे देउवा- हामी पनि जेलमा बसेका हौँ.

माेहन बस्नेत र माया राईबारे देउवा- हामी पनि जेलमा बसेका हौँ.

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले सांसद माया राई र नेता मोहनबहादुर बस्नेतका विषयलाई ठूलो अर्थमा नलिन आग्रह गरेका छन्।

 

 

सभापति देउवाको अध्यक्षतामा भएको बैठकमा सभापति देउवाले राजनीतिमा हामी पनि जेल बसेर आएका हौँ, त्यो विषयलाई ठूलो अर्थमा नलिन आग्रह गरेका संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए। उनीहरूविरुद्ध मुद्दा चलिरहेको छ। बस्नेत भने निलम्बनमा छन्।

बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा र वितरणका सम्बन्धमा केन्द्रित रही छलफल भएको छ। बैठकपछि उनले भने, “बजेट क्षेत्रगत विकासका लागि सन्तुलित र समान ढङ्गले वितरण हुनुपर्नेलगायत विषयमा सांसदहरूले खुलेर छलफल गर्नुभयो।”

बैठकमा नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइ र पार्टीले लिनुपर्ने आगामी बाटो तथा अपनाउनुपर्ने सतर्कताबारे पनि सांसदले सुझाव दिए।

सञ्चारकर्मीले राखेको एक प्रश्नको जवाफमा प्रमुख सचेतक घिमिरेले माओवादीसँग गठबन्धन गरेर जाने कुनै योजना र एजेन्डा नरहेको प्रस्ट पारे। उनले सरकार परिवर्तनबारे कांग्रेसले कुनै सोच र योजना नबनाएको उल्लेख गरे।

अब केही दिनभित्रै गभर्नर नियुक्ति हुने जानकारी दिँदै प्रमुख सचेतक घिमिरेले बैठकमा प्रतिनिधिसभा सदस्यद्वय माया राई र मोहनबहादुर बस्नेतका विषयमा पनि कुरा उठेको बताए। बैठकले प्रतिनिधिसभा सदस्य एवं नेता डा चन्द्रकान्त भण्डारीको स्वास्थ्य लाभको कामना गरेको छ।

यस्तै, सांसद नागिना यादवका पिताको स्वर्गारोहण र नेपाली कांग्रेस ओखलढुङ्गा र तत्कालीन जिल्ला विकास समितिका पूर्वसभापति महेश कर्मोचाको निधनमा बैठकले शोक प्रस्ताव पारित गरेको छ।

प्रकाशित मिति : शनिबार, जेष्ठ ३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij