JanataToday.com

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङ पदमुक्त

लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङ पदमुक्त

भैरहवा, लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङ पदमुक्त भएका छन् । गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित भएपछि उनी पदमुक्त भएका छन् ।२०८१ चैत्र २२ गते संघका उपाध्यक्ष विनय राजभण्डारी प्रस्तावक बस्दै ३१ जना प्रतिनिधिले हस्ताक्षर गरेर गुरुङविरुद्ध अविश्वासको प्रस्ताव नेपाल क्रिकेट संघ क्यान मा पठाइएको थियो । क्यानको निर्देशनअनुसार शनिबार कपिलवस्तुको तौलिहवामा भएको विशेष साधारणसभाबाट गुरुङविरुद्धको अविश्वास प्रस्ताव पारित भएपछि उनी पदमुक्त भएका हुन् । गुरुङ पछिल्लो डेढ वर्ष यता संघको अध्यक्ष थिए ।

विशेष साधारणसभामा उपस्थित ३८ जना शतप्रतिशत प्रतिनिधिले नै अविश्वासको प्रस्तावको पक्षमा मतदान गरेका छन् । गुरुङको पक्षमा भने शुन्य मत परेको प्रदेश क्रिकेट संघले जनाएको छ । संघका कुल ४१ प्रतिनिधिमध्ये कोषाध्यक्ष राजेश शाक्यको मृत्यु भएपछि उक्त पद खाली छ । साधारण सभामा अध्यक्ष गुरुङ उपस्थित भएनन् भने संघका सदस्य सुभाष तिमिल्सिना अष्ट्रेलियामा भएकाले उपस्थित भएनन् । गुरुङ पदमुक्त भएपछि संघको अध्यक्ष पद खाली भएको छ ।

गुरुङ पदमुक्त भएपछि संघको उपाध्यक्ष राजभण्डारी कार्यबाहक अध्यक्ष बनेका छन् । संघको विशेष साधारणसभाले रिक्त अध्यक्ष र कोषाध्यक्ष चयनका लागि एक विशेष साधारण सभा गर्ने तयारी गरेको कार्यबाहक अध्यक्ष भण्डारीले बताए ।

गुरुङले मनपरी संघ चलाएको, आर्थिक अनियमितता गरेको र विधानलाई बेपास्ता गरी अघि बढेको भन्दै संघमा आवद्ध दुई तिहाई बढी प्रतिनिधिले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । विशेष सधारण सभाबाट गुरुङ पदमुक्त भएपछि कार्यबाहक अध्यक्ष राजभण्डारीको अध्यक्षतामा बसेको प्रदेश कार्यसमितिको बैठकले सधारणसभाको मिति समेत तोकेको छ ।

राजभण्डारीका अनुसार बैठकले जेठ ३१ गते पाल्पामा विशेष सधारण सभा गर्ने निर्णय गरेको उनले बताए । उनले उक्त साधारणसभाले नयाँ नेतृत्व चयन गरेर संघलाई बलियो, पारदर्शी र क्रिकेट गतिविधिमा क्रियाशील बनाउने  जानकारी दिए ।

 

 

प्रकाशित मिति : आइतबार, जेष्ठ ४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij