बुटवल — बुटवल उपमहानगरपालिका–१९ भुड्कैयामा अवस्थित मोतिपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले सरसफाइ तथा सामाजिक चेतनाका विविध विषय समेटिएको सडक नाटक तीन स्थानमा प्रदर्शन गरेको छ।
संस्थाले आयोजना गरेको नाटक बुटवल–१९ को तपाहा चोक, मदरल्यान्ड इङ्लिस स्कुल र पथरगन्जमा प्रस्तुत गरिएको हो। युनिक मुभिज बुटवलको प्रस्तुति रहेको उक्त नाटक बाबुराम घिमिरेको निर्देशनमा भएको हो।
नाटकमा संस्थाको नीति तथा नियमलाई पनि समेटिएको थियो। जथाभावी फोहोर मैला फ्याँक्नेहरुलाई पहिलोपटक सम्झाउने, दोस्रोपटक एक हजार रुपैयाँ जरिवाना गरिने र पटक–पटक उल्लंघन भएमा खानेपानी सेवाबाट नै बञ्चित गरिने चेतावनी दिइएको थियो। साथै, अबदेखि सरसफाइको क्षेत्रमा अझ बढी क्रियाशीलता देखाउने संस्थाले जानकारी गराएको छ।
कार्यक्रममा लागूपदार्थ दुरुपयोग, फोहोर व्यवस्थापन, सामाजिक सञ्जालको दुरुपयोगजस्ता विषयहरू पनि समेटिएका थिए।
उक्त कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं। १९ का अध्यक्ष चन्द्रसिंह थापा प्रमुख अतिथिका रूपमा सहभागी थिए भने मोतिपुर खानेपानी संस्थाका पूर्वअध्यक्ष हरिहर श्रेष्ठको अध्यक्षता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले नाटकमा उठाइएका हरेक पक्ष हाम्रो दैनिक जीवनसँग मेल खाने बताएका थिए। उनले भने, “हामीलाई पानीबाट रोग लाग्छ भन्ने थाहा हुँदाहुँदै पनि स्वार्थी प्रवृत्तिका कारण समस्या भोग्नु परेको हो। समाज सुधार्न हामी आफैँ सुध्रिनुपर्छ।”
मोतिपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था सरसफाइ र जनचेतनाका अभियानहरूमा सक्रिय रहँदै आएको छ।
प्रकाशित मिति : आइतबार, जेष्ठ ४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्