काठमाडौं – नेपाल राष्ट्र बैंकको १८औं गभर्नरका रूपमा प्रा।डा। विश्वनाथ पौडेल नियुक्त भएका छन् ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा।डा। पौडेललाई नियुक्त गरेपछि राष्ट्र बैंकमा लामो समयदेखि देखिएको गभर्नर अन्योल सकिएको हो ।
साथै, गभर्नरको विषयलाई लिएर चुलिएको भनिएको सत्ता संकट पनि टरेको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मंगलबार नै तीनजनाको नाम गभर्नरमा सिफारिस गरेको थियो ।
पौडेलसहित कामु गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस भएको थियो ।
सिफारिस भएका तीन नाममध्ये पहिलो नम्बरमा रहेका पौडेललाई मन्त्रिपरिषद्ले गभर्नर नियुक्त गरेको हो ।
प्रकाशित मिति : मंगलबार, जेष्ठ ६ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्