काठमाडौं , नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डाक्टर विश्वनाथ पौडेलले आज शपथ ग्रहण गर्दैछन्।
निकै लामो रस्साकस्सीपछि गएराति नियुक्त भएका गभर्नर पौडेलले आज शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ।
बैंकका प्रवक्ता रामु पौडेलका अनुसार उनले आज बिहान अफिस खुलेपछि अर्थमन्त्रालय पुगेर नियुक्ति बुझ्ने त्यसपछि सर्वोच्च अदालत पुगेर शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ।
पौडेललाई प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले शपथ गराउनेछन्। त्यसपछि पौडेल आजै केन्द्रीय कार्यालय पुगेर कार्यभार सम्हाल्नेछन्।
प्रकाशित मिति : बुधबार, जेष्ठ ७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्