तिलोत्तमा , तिलोत्तमा नगरपालिकामा सुरक्षित मातृत्व प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाले क्रिमसन अस्पतालसँग ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावकारी रूपमा सञ्चालन गर्न महत्वपूर्ण सहमति गरेको छ।
नगरप्रमुख रामकृष्ण खाँण, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल र क्रिमसन अस्पताल संचालन तथा व्यवस्थापन समिति अध्यक्ष दुर्गा प्रसाद पाण्डेबीच औपचारिक सम्झौतामा हस्ताक्षर भएको हो।
यो कार्यक्रम नेपाल सरकार अन्तर्गत सञ्चालित आमा सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयनको एक उदाहरण हो, जसअन्तर्गत तिलोत्तमा नगरवासी तथा अन्य छिमेकी नगरपालिका र अन्य जिल्लालाई महिलाहरूलाई प्रसूति सेवा पूर्ण रूपमा निःशुल्क प्रदान गरिनेछ।
कार्यक्रमले सबै महिलाको पहुँच सुनिश्चित गर्नुका साथै लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको अत्यधिक चापलाई समेत कम गर्ने अपेक्षा गरिएको छ। सेवा सहज र छिटो उपलब्ध गरिने व्यवस्था भएकाले मातृ मृत्यु दरमा उल्लेखनीय सुधार आउने विश्वासका साथ तिलोत्तमा नगरपालिकाले यो कार्यक्रमलाई स्वास्थ्य क्षेत्रको सफल र उल्लेखनीय उपलब्धि मानेको नगरप्रमुख खाणले भन्नुभयो |
नगर क्षेत्रभित्रका सबै महिलाहरूको सहज पहुँच सुनिश्चित गर्ने यो पहलले सुरक्षित मातृत्वतर्फ नगरको प्रतिबद्धता पुनः पुष्टि गरेको छ।
प्रकाशित मिति : सोमबार, जेष्ठ १९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्