२०८५ सम्म शिक्षित नेपाल बनाउने लक्ष्य

२०८५ सम्म शिक्षित नेपाल बनाउने लक्ष्य

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विसं २०८५ सम्म नेपाललाई शिक्षित मुलुकका रुपमा स्थापित गर्ने लक्ष्य हासिल गर्ने बताएका छन् ।

विभिन्न कारणले औपचारिक शिक्षा हासिल गर्न नपाएका महिलाका लागि स्थापना गरिएको ज्ञानज्योति महिला विद्यालयबाट २१२ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेका छन् ।

विसं २०६२ भदौ १५ गते काठमाडौँको मित्रपार्क चावहिलमा स्थापना भएको विद्यालयमा हाल २८६ जना विद्यार्थी अध्ययनरत् छन् । विद्यालयको १४औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा गर्न यस्ता काम सहयोगी हुने बताए ।

व्यावसायिक एवं रोजगारमूलक शिक्षालाई प्रवद्र्धन गर्ने गरी शिक्षा नीति जारी गर्ने अन्तिम तयारीमा लागिएको पनि उनले सो अवसरमा बताए । सांसद गगनकुमार थापाले शिक्षा मन्त्रालयले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार कक्षा ५ का ७० प्रतिशत विद्यार्थीले गणित, अङ्ग्रेजी र नेपालीसमेत सिक्न नसक्ने तथ्य सार्वजनिक गरेकाले गम्भीर हुनुपर्ने समय आएको बताए ।
मन्त्रालयकै अध्ययनले आमाले स्नातक तहसम्म उत्तीर्ण गरेका बालबालिकाको परिणाम राम्रो पाइएकाले पनि महिला शिक्षा अनिवार्य गरिनुपर्नेमा उनले जोड दिए ।

पद्मकन्या क्याम्पसका प्रा डा गोविन्दप्रसाद गुरागाईंले नारी सम्मानित हुने घर, परिवार, समाज र देश नै समृद्ध हुन सक्ने भएकाले शिक्षामा समान रुपमा अघि बढाउनुपर्ने विचार राखे । नेपाली काङ्ग्रेसका नेता बालकृष्ण दाहाल, काठमाडौँ महानगरपालिका वडा नं। ७ का अध्यक्ष शुद्धकुमार डङ्गोल, विद्यालयका प्रधानाध्यापक कोपिला खतिवडा, कार्यक्रम संयोजक नरहरि ढकाल, उत्प्रेरणा महिला माध्यमिक विद्यालयका प्रधानाध्यापक सुमित्रा मैनालीलगायतले उमेरमै पढ्न नपाएका महिलाका लागि शिक्षित बन्न विद्यालयले अवसर प्रदान गरेको विचार राखे ।

विद्यालयमा कक्षा ८ भन्दा तल एक वर्षमा दुई पटक कक्षा चढाइन्छ । कक्षा नौ पढ्नुनपर्ने विद्यालयमा कक्षा ८ र १० मात्र एक वर्षको हुने जनाइएको छ । यो विद्यालयमा १४ वर्ष उमेर पार गरेकालाई मात्र भर्ना लिने गरिएको छ । ९

प्रकाशित मिति : शनिबार, भाद्र १४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij