काठमाडौँ : सत्तारुढ दुई दलका शीर्ष नेताहरूबीच बैठक सुरु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीच छलफल भएको हो।
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजु राणा देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, ऊर्जामन्त्री दीपक खड्का, महामन्त्री गगन थापालगायत सहभागी छन्।
बैठकमा पछिल्लो राजनीतिक अवस्था, संसद अवरोध लगायतका विषयमा छलफल भइरहेको बताइएको छ।
प्रकाशित मिति : बुधबार, असार ४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्