बुटवल
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बुटवलबाट प्रदेश राजधानी दाङ सारिएपछि यस क्षेत्रकाे होटल व्यवसाय खस्किएको बताएका छन् ।
शनिबार बुटवलमा आयोजित होटल व्यवसायीहरूकाे कार्यक्रममा बोल्दै उनले बुटवलबाट प्रदेश राजधानी सारिएपछि यस क्षेत्रकाे होटल व्यवसायमा धक्का लागेको बताएका हुन् । यहाँबाट राजधानी सरे पनि व्यवसायीको हौसलाले बुटवलको व्यापारमा केही कमि आए पनि चलिरहेको उनलेे बताए ।
बुटवल सम्भावनाको शहरकाे रूपमा विकास हुँदै गएको भन्दै उनलेे यहाँका होटल व्यवसायीले आत्मनिर्भर योजना अघि सार्नुपर्नेमा जोड दिए ।
आन्तरिक तथा बाह्य पर्यटकलाई बुटवलमै राख्न सकिने गरी आकर्षक टुर प्याकेज निर्माण गर्न समेत उनलेे व्यवसायीलाई सुझाव दिए ।
सोही कार्यक्रममा उपप्रमुख सावित्रा देवी अर्यालले भारतबाट मुक्तिनाथ पुग्ने तीर्थयात्रीहरूका लागि बुटवल विश्रामस्थलको रूपमा विकास गर्नुपर्ने धारणा राखिन् ।
प्रकाशित मिति : शनिबार, असार ७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्