रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवारी दिने अजय गुप्ताको घोषणा

रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवारी दिने अजय गुप्ताको घोषणा

भैरहवा, रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनमा भैरहवाका अजय कुमार गुप्ताले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । सिद्धार्थनगर नगरपालिका–३ का ४३ वर्षिय गुप्ताले उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

 

गुप्ताले बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी आफू उपनिर्वाचनमा उम्मेदवार बन्ने सार्वजनिक गर्नुभएको हो । विगतमा मधेशवादी दल र त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० मा मा रहेर राजनीति गर्नुभएका गुप्ताले आफू हाल स्वतन्त्र युवा भएको बताउनुभयो ।

 

उहाँले गत वैशाख ३० गते राप्रपा परित्याग गर्नुभएको थियो ।अबको नेतृत्व रैथाने युवाको’ भन्ने नाराका साथ आफू अघि बढेको उहाँले बताउनुभयो । ‘म भैरहवामा जन्मे, यही हुर्के, शिक्षा पाएँ, उद्योग(व्यवसाय सञ्चालन गरे, मेरो बाल्यकाल यही बित्यो । म यहाँको स्थानीय भएकोले मलाई यहीको माटोको माया छ, ’उहाँले भन्नुभयो । उहाँले रुपन्देही–३ ले रैथाने युवा नेतृत्व खोजिरहेको दावी गर्नुभयो ।

विगतमा निर्वाचित जनप्रतिनिधिहरुले जनतामाझ गरेका वाचा काठमाडौं पुगेपछि बिर्सिएको उहाँको भनाइ छ । राजनीतिक नेतृत्वले ध्यान नदिएका कारण अरबौं लगानीमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसकेको गुप्ताले बताउनुभयो ।

 

रुपन्देही–३ का मतदाताले आमूल परिवर्तन खोजेको उहाँले बताउनुभयो । तपाईले स्वतन्त्र रुपमा उम्मेदवार दिनुहुन्छ वा कुनै राजनीतिक दलबाट भन्ने पत्रकारहरुको जिज्ञासामा उहाँले उम्मेदवारी दर्ता गर्ने समय अझै रहेकोले यो बीचमा आवश्यक छलफल गरेर पछि घोषणा गर्ने र अहिले प्रतिनिधि सभा सदस्यमा उम्मेदवार दिने घोषणा गरेको बताउनुभयो ।

 

पर्यटन, कृषि, उद्योग, शिक्षा, रोजगार, क्षेत्र विस्तार आफ्नो प्रमुख एजेण्डा रहेको उहाँले जानकारी दिनुभयो । पर्यटन क्षेत्रको विकासका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र बुद्ध जन्मस्थल लुम्बिनीमा धार्मिक महत्वका कार्यक्रममा पहल, कृषकको आर्थिक सुधारका लागि मल, बिउ एवं सिंचाईका लागि सुविधा र उत्पादित सामग्रीको बजारीकरण, उद्योगी÷व्यवसायीहरुले भोग्नुपरेको समस्याहरु समाधानका लागि उच्च प्राथमिकता, गुणस्तरीय शिक्षाका लागि पालिकास्तरदेखि समाधानको पहल, जिल्लामा उत्पादित सम्पूर्ण सामग्रीलाई विश्व बजारसम्म जोड्नका लागि सुरुवात गरी रोजगारीमा बढोत्तरी, अन्तर्राष्ट्रिय रुपमै परिचित सिद्धार्थनगर नगरपालिकाको क्षेत्र विस्तार गरी उपमहानगर बनाउने पहल गर्ने आफ्नो एजेण्डा रहेको उहाँको भनाइ छ ।

बुवा रतन कुमार गुप्ता नै आफ्नो प्रेरणाको स्रोत र आदर्श भएको उहाँले बताउनुभयो । रतन गुप्ताले वि।सं। २०४९ देखि २०५४ सालसम्म सिद्धार्थनगर नगरपालिकाको उपप्रमुखको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

राप्रपाका वरिष्ठ नेता तथा रुपन्देही–३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित दीपक बोहराको गत चैतमा निधन भएपछि रिक्त पदमा यहाँ उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : बिहिबार, असार २६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij