JanataToday.com

Advertisment

SKIP THIS

यू–१६ इस्ट जोन कपको उपाधि जितेका खेलाडीलाई क्यानले जनही ५० हजार रुपैयाँ दिने

यू–१६ इस्ट जोन कपको उपाधि जितेका खेलाडीलाई क्यानले जनही ५० हजार रुपैयाँ दिने

काठमाण्डाै – मलेशियामा सम्पन्न भएको १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधि जितेको नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।

टोलीका खेलाडी र अफिसियलहरूलाई जनही ५० हजार रुपैयाँसहित सम्मान गर्न लागेको क्यानले जनाएको छ । खेलाडीको हौसला बढाउन नगदसहित सम्मान गर्न लागेको क्यानका प्रवक्ता छुम्बी लामाले बताउनुभयो ।

गएको शनिवार भएको फाइनलमा सिङ्गापुरलाई हराउँदै नेपाली युवा टोलीले उपाधि जितेको थियो । प्रतियोगितामा नेपाल अपराजित रहँदै विजेता बनेको थियो ।

 

अन्तिम अपडेट: असार २७, २०८२

प्रकाशित मिति : शुक्रबार, असार २७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij