JanataToday.com

Advertisment

SKIP THIS

सशस्त्र प्रहरी रूपन्देहीद्वारा एक वर्षमा १३ करोड बढीको अवैध सामान बरामद

सशस्त्र प्रहरी रूपन्देहीद्वारा एक वर्षमा १३ करोड बढीको अवैध सामान बरामद

भैरहवा, सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हे।क्वा।, रुपन्देहीले आर्थिक वर्ष २०८१÷२०८२ मा १३ करोड रुपैयाँ बढीको अवैध सामान बरामद गरेको छ । गणका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायव उपरीक्षक ९डीएसपी० मोहन न्यौपानेले २०८१ साउनदेखि २०८२ असार मसान्तसम्म ९एक वर्षमा० १३ करोड १० लाख ३९ हजार ९ सय ८९ मूल्य बराबरको सामान बरामद गरिएको जानकारी दिनुभयो ।

राजस्व छली गरी चोरी, निकासीरपैठारी गरी भारतबाट नेपालमा ल्याइएका सामान बरामद गरी भन्सार, राजस्व अनुसन्धान, स्थानीय तह र पशु प्लान्ट क्वारेन्टाईन कार्यालयहरुमा बुझाएको उहाँले बताउनुभयो ।

डीएसपी न्यौपानेका अनुसार सशस्त्र प्रहरी रुपन्देहीले ३७ लाख ३३ हजार ५ सय मूल्य बराबरको ब्रोईलर कुखुरा, ५६ लाख ९९ हजार ५ सय ६९ रुपैयाँ बराबरको किराना सामान, ४ लाख ६५ हजार ६ सय ६७ बराबरको रासायनिक विषादी, २ लाख ९ हजार ९५ रुपैयाँ बराबरको हरियो तरकारी, ९५ लाख ५२ हजार ८९ रुपैयाँ बराबरको चिनी बरामद गरेको छ ।

त्यस्तै ७ लाख ८७ हजार ५ सय ५० बराबरको खाद्यान्न ९दाल, चामल, चना०, १४ लाख ९६ हजार २ सय ८५ बराबरको कस्मेटिक सामान, ९९ हजार ८ सय २ बराबरको भाडा वर्तन, ९ लाख बराबरको मोबाईल फोन, ५ लाख २१ हजार, ७ लाख ९६ हजार २ सय २३ बराबरको हार्डवेयर, मोटर, मोबाईल माटर्स, इलेक्ट्रिस ७५ लाख ७६ हजार ९ सय ८३, नगद ९नेपाली तथा भारतीय रुपैयाँ० २० लाख ६० हजार, ४६ लाख ३ हजार ४ सय ८६ हजार मूल्य बराबरको आयूर्वेदिक तथा एलोपेथिक औषधी बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यसै गरी ३६ हजार मूल्य बराबरको मदिरा, २ लाख १६ हजार ६ सय ५० बराबरको पटका, १ लाख ५ हजार बराबरको पशु चौपाया, ६ लाख ४५ हजार बराबरको नदीजन्य पदार्थ ९बालुवा, गिट्टी, ढुंगा० बरामद गरिएको डीएसपी न्यौपानेले जानकारी दिनुभयो । ‘राजस्व कार्यालयसँग संयुक्त तथा एकल रुपमा २ करोड १९ लाख ३० हजार ८ सय ४५ मूल्य बराबरको सामान बरामद गरिएको छ, उहाँले भन्नुभयो । त्यस्तै २ करोड ७३ लाख ७७ हजार १ सय ७४ रुपैयाँ बराबरको कपडा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

अवैध सामान ढुवानीमा प्रयोग भएका ट्रक, मिनी ट्रक, ट्याक्टर ८ वटा, कार, भ्यान, छोटा हात्ती० १० वटा, अटोरिक्सा ५ वटा, मोटरसाइकल १७५ र साईकल १० गरी २०८ वटा सवारीसाधनहरु समेत सशस्त्र प्रहरीले बरामद गरेको हो ।

के के गर्यो रुपन्देही प्रहरीले 

सशस्त्र प्रहरीले मर्चवारी गाउँपालिका वडा नम्बर ७ मन्झरियामा बिओपी स्थापना गरेको छ । यससँगै जिल्लामा प्रस्तावित सीमा सुरक्षा गुल्म १, बिओपी ६ गरी सीमासँग सम्बन्धित ७ वटा कार्यालय भएका छन् ।

बेलहियामा नाकामा लागूऔषध तथा बिष्फोटक पदार्थको अवैध ओषारपसार नियन्त्रण गर्ने उद्देश्यले डग स्क्वाडसहित यात्रुहरु तथा सामानहरुको चेकजाँच गर्न सुरु गरिएको छ । डग स्क्वाडको परिचालन प्रभावकारी समेत देखिएको डीएसपी न्यौपानेले बताउनुभयो ।

 

यस अवधिमा खैरो हिरोइन, गाँजा लगायत लागूऔषधसहित ४ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिइ आवश्यक कानूनी कारवाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाएको उहाँले बताउनुभयो । यसै अवधिमा लागूऔषध नियन्त्रण सम्बन्धी २४ वटा सचेतनामूलक कक्षा तथा सडक नाटक विभिन्न विद्यालय तथा समुदायहरुमा सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

 

‘यस अवधिमा १२८ वटा विभिन्न विपद् सम्बन्धी सचेतनामूलक कक्षाहरु विद्यालयहरु तथा समुदायमा संचालन गरिनुका साथै जिल्लास्थित अन्य सुरक्षा निकायहरुसहित विभिन्न प्रकारका विपद् उद्वरको ६ वटा सिमुलेश अभ्यासहरु गरिएको छ, ’उहाँले भन्नुभयो ।

प्रकाशित मिति : शनिबार, साउन ३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij