शान्ति नमुना मावि मणिग्राममा पढ्ने २ जना विद्यार्थीको डुबेर मृत्यु

शान्ति नमुना मावि मणिग्राममा पढ्ने २ जना विद्यार्थीको डुबेर मृत्यु

तिलोत्तमा , रुपन्देहमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको  मृत्यु भएको छ । यसरी मृत्यु हनेमा सिद्दार्थ नगरपालिका भैरहवा  निवासी अन्दाजी करीब १४÷१५ बर्षिय दिनेश न्यौपाने र प्रज्जवल अर्याल रहेको प्रहरीले जनाएको छ । मृतक दुवै जना शान्ति नमुना माविको कक्षा ९ मा अध्ययनरत विद्यार्थी रहेको विद्यालयले जनाएको छ । पौडी खेल्ने क्रममा डुबेका दुवै जनाको शव पोष्टमार्टमका लागी अहिले भैरहवास्थित भीम अस्पतालमा राखिएको र  आइतबार मात्र पोष्टमार्टम गरिने प्रहरीले जानकारी दिएको छ । प्राप्त जानकारी अनुसार शनिबार दिउँसो करीव डेढ २ बजेको समयमा भैरहवास्थित पक्लिहवा क्याम्पस पछाडीको डण्डा खोलामा साथीहरुसँगै पौडी खे्ने क्रममा  दिनेश न्यौपाने र प्रज्जवल अर्यालको डुबेर मृत्यु भएको पुष्टि प्रहरीले गरेको हो ।

प्रहरीले मृतक दिनेश र प्रज्जवलसँगै पौडी खेल्न गएका अन्य ३ जनासँग पनि सोधपुछ गरिरहेको बुझिएको छ । गहिरो र दलदलयुक्त गहिरो रहमा एकाएक डुवेका दुवै जनालाई सँगै गएका साथीले उद्धार गर्न खोजे पनि संभव नभएको प्रहरी अनुसन्धानका क्रममा ती बालकहरुले बताएको स्थानीय जानकारी दिएका छन ।

प्रकाशित मिति : शनिबार, साउन १० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij