JanataToday.com

Advertisment

SKIP THIS

पौडी खेल्ने क्रममा डुबेर कपिलवस्तुमा दुई बालकको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर कपिलवस्तुमा दुई बालकको मृत्यु

कपिलवस्तु , पौडी खेल्ने क्रममा डुबेर कपिलवस्तुमा दुई बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कपिलवस्तुको वाणगंँगा नगरपालिका–५ कोपवा बस्ने दिपक चौधरीका ११ वर्षीय छोरा वापस चौधरी र स्थानीय प्रेम थारुका १० वर्षीय छोरा निशान थारु रहेका छन् ।

उनीहरूको बिहीबार साँझ कपिलवस्तु नगरपालिका–१० पिपरास्थित पिपरा र नगवाबीच बग्ने घोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

घटना बारे जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोष्ट जहदीबाट प्रहरी सहायक निरीक्षक किशोर सारुको कमाण्डमा खटिएको टोलीले दुवै जनाको शव निकालेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिनुभयो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, साउन १६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij