काठमाण्डौ – एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोटमा आज नेपाल र साउदी अरब खेल्दै छन । खेल भुटानको चाङ्लिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार दिउँसो पौने २ बजे शुरू हुनेछ ।
पहिलो खेलमा नेपालले अस्ति घरेलु टोली भुटानसँग १–१ को बराबरी खेल्यो । लगभग छनोटको सम्भावना समाप्त भइसकेको नेपाल अहिले दबावमा छ ।
सिङ्गल राउन्ड प्रतियोगितामा समूह शीर्षस्थान हासिल गर्ने टिम मात्र अर्को वर्ष थाइल्यान्डमा हुने एशियन कपको लागि छनोट हुनेछ ।
त्यसैले साउदी अरब र उत्तर कोरिया अझै बलियो टोली भएकोले नेपाललाई कडा मिहिनेतको आवश्यक छ । समूह चरणपछि शीर्ष तीन उपविजेता टोलीले पनि छनोटको मौका पाउने छ ।
प्रकाशित मिति : शुक्रबार, साउन २३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्