चार संसदीय समितिको बैठक आज बस्ने

चार संसदीय समितिको बैठक आज बस्ने

काठमाडौँ : सङ्घीय संसद्का चार समितिको बैठक सोमबार बस्ने भएको छ। अर्थ समिति, कानून, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने संसद् सचिवालयले जनाएको छ।

 

 

अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल गर्ने कार्यसूची छ। बैठक बिहान ११ बजे बस्नेछ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि बिहान ११ बजे नै बोलाइएको छ। बैठकमा मा ‘हिन्द कुश हिमालयन पार्लियामेन्टस् मिट- २०२५’ का सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

त्यसैगरी विधायन व्यवस्थापन समिति बिहान साढे ११ बजेका लागि बोलाइएको छ। बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ उपर सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ।

कानून, न्याय तथा मानवअधिकार समितिमा ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ को दफावार छलफल गर्ने कार्यक्रम छ। बैठक दिउँसो १ बजे बस्नेछ।

सोमबार नै बस्ने भनिएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक भने स्थगन भएको छ।

प्रकाशित मिति : सोमबार, साउन २६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij