अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली नेताहरूबीच हिजोे भर्चुअल बैठक भएको छ । बैठकपछि युरोपेली पक्षले रुसी राष्ट्रपति पुटिनसँग भोलि हुने शिखर वार्ता सकारात्मक आशा व्यक्त गरेका छन् ।
बैठकमा अमेरिकी राष्ट्रपति ट्रम्पले भूभागसम्बन्धी कुनै पनि निर्णयमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको सहभागिता आवश्यक हुने र सुरक्षा सुनिश्चितता सम्झौतामा समावेश हुनुपर्ने कुरा स्वीकार गर्नुभएको बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जे।डी। भान्सले बेलायत, फ्रान्स, जर्मनी, इटाली, फिनल्याण्ड, पोल्याण्डका नेताहरू, युरोपेली आयोग प्रमुख उर्सुला भन डेर लायन र नाटो प्रमुख माक रुटसँग छलफल गर्नुभएको थियो ।
ट्रम्पले बैठकमा रुसले युद्ध रोकेन भने ‘अत्यन्त गम्भीर’ परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको थियो । उहाँले वार्ता सफल भए छिट्टै पुटिन र जेलेन्स्की दुवैलाई सहभागी गराएर दोस्रो बैठक आयोजना गर्ने प्रयास गर्ने बताउनु भएको खबरमा उल्लेख छ ।
युरोपेली नेताहरूले भने अन्तिम निर्णयमा युक्रेनको सहभागिता अनिवार्य भएको दोहोर्याएका छन । तर रुसको अडान भने पुरानै छ । गएको वर्ष रसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धविरामका लागि युक्रेनले डोनेट्स्क, लुहान्स्क, खेरसोन र जापोरिज्झिया क्षेत्र छोड्नुपर्ने र नाटो सदस्यता प्रयास त्याग्नुपर्ने शर्त राख्नु भएको थियो ।
युक्रेन र युरोपेली साझेदारहरूले यी मागलाई अस्वीकार गरेका छन् । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसलाई दिइएको कुनै पनि भूभाग भविष्यमा आक्रमणका लागि आधार बन्ने चेतावनी दिँदै सुरक्षा सुनिश्चितता आवश्यक भएको बताउनु भएको छ ।
प्रकाशित मिति : बिहिबार, साउन २९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्