नेपालगञ्ज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बुद्ध एयरको विमानलाई एक घण्टा होल्ड गराएको भन्दै नेपालगञ्ज विमानस्थलमा युवाहरुले उनीमाथि आक्रोश पोखेका छन्। उनी निर्धारित समयभन्दा ढिलो आएको र आम नागरिकको समयलाई बेवास्ता गरेको प्रति विमानभित्रै आक्रोश पोखेको भिडियो सार्वजनिक भएको छ ।
भिडियोमा मन्त्री भट्टराईलाई गाली गर्दै पञ्चायतकालमा समेत यस्तो भएको थिएन भनिएको छ ।
उनीहरुले मन्त्रीलाई गाली गरेको भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।
उनको भिडियो खिच्ने युट्युवमा चर्चा कमाएका ज्ञानेन्द्र शाहीको टोलीले बुद्ध एयरको प्लेनभित्र मन्त्री भट्टराईलाई थर्काउँदै भिडियो खिचेको बताइएको छ। भिडियोमा संस्कृतिमन्त्री भएर संस्कार नै नभएको भन्दै युवाहरुले मन्त्रीलाई हप्कीदप्की गरेको देख्न सकिन्छ।
शाही र उनको टोलीले विमानभित्र मन्त्री भट्टराईलाई हप्काउँदै भनेका छन् –
‘तपाईले हाम्रो प्लेन किन रोकेको ? एक घण्टासम्म प्लेन रोक्ने ? तपाई कहाँ हुनुहुन्थ्यो ? मोजमस्तीमा हुनुहुन्थ्यो कि केमा हुनुहुन्थ्यो ? ख्याल राख्नुपर्दैन टाइमको ? संविधान तपाईले बनाएको, संविधानको कुन सेक्सनमा लेख्या छ मन्त्रीले प्लेन रोक्ने भनेर ? कहिले प्रधानमन्त्री आउने प्लेन २ घण्टा जान गर्दिने, यसको जवाफ दिनोस् । हामी रेक्सपेक्ट गर्छौं, तर यो तरिका भएन मन्त्रीज्यू, बुद्धिमा अलिकति बिर्को आओस् ।.. पञ्चायतमा यस्तो हुँदैनथ्यो । संस्केति मन्त्री हुनुहुन्छ, संस्कारै छैन । हामीले जवाफ माग्यौं, मन्त्रीज्यूले जवाफ दिनुभएन, हामी फेरि पनि सोसियल मिडियामार्फत् जवाफ खोज्नेछौं, तर हामी छोड्दैनौं ।’
भिडियोमा भनिएको छ, ‘हामी तपाईलाई सम्मान गर्छौं। तर एक घण्टा ढिला किन आउनुभयो। संस्कृति मन्त्रीको संस्कार नै छैन।’
यस्तै ज्ञानेन्द्र शाहीले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘मन्त्री योगेश भटराईलाई आज नेपालगञ्ज एअरपोर्टमा रामधुलाई गरियो । मन्त्री योगेश भट्टराईले आज नेपालगञ्ज एअरपोर्टमा १ घन्टा प्लेन कुराएपछि हामी नागरिकले रामधुलाई गरियो । विचरा मन्त्रीज्यु मुसो लुकेजसरी लुक्नु भो । अब नागरिक सचेत भैसके । अरिङगालका दिनगन्ती सुरु ।’
यता, मन्त्री भट्टराईले आफू प्लेन चढ्न ढिला भएकोप्रति सामाजिक सञ्जालमा क्षमायाचना गरेका छन्।
पर्यटन मन्त्री भट्टराई शनिबार डल्फिन महोत्सवको उदघाटन गर्न धनगढी हुँदै बाँके पुगेका थिए। कार्यक्रम सकेपछि शनिबार साँझ उनी नेपालगञ्ज विमानस्थलबाट बुद्ध एयरमा काठमाडौं फर्किएका छन् ।
मन्त्री भट्टराईले फेसबुकमार्फत भनेका छन्, ‘क्षमाप्रार्थी छु’।
उनले कारण बताउँदै क्षमा मागेका हुन् ।

प्रकाशित मिति : आइतबार, भाद्र २९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्