रुपन्देहीमा एकै दिन ५२ लाख बढी मूल्यको सामग्री बरामद, २ जना पक्राउ
बुटवल , रुपन्देहीमा भारतीय सीमासँग जोडिएका विभिन्न ठाउँबाट आइतबार एकै दिन ५२ लाख बढी मूल्य बराबरका अवैध सामग्री बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार जिल्लाका विभिन्न ठाउँबाट ५२ लाख ५२ हजार ७९० रुपैँया बराबरको सामग्री बरामद भएको हो ।
बरामद सामग्रीहरु आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल, भैरहवा भन्सार कार्यालय तथा पशु क्वारेन्टाईन कार्यालय बेलहियालाई बुझाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका-१ मेडिकल कलेज स्थितबाटना २ ह ४२५ नम्बरको ई-रिक्सा, लु.प्र.०१.००१ प ८३५८ नम्बरको स्कुटर, बोईलर कुखुराको मासु ४० के.जी., स्कुटरमा चिनी २ बोरा १०० के.जि. र ओरिन बिस्कुट ६ प्याकेट गरी सवारी सहित अन्दाजी मूल्य २ लाख ३४ हजार बराबरको सामग्री बरामद गरेको हो । सिद्धार्थनगरनगरपालिका-१ रानीगाउँ बस्ने ४३ वर्षीय कन्हैया पासी र नवलपरासीको रामग्राम नगरपालिका-५ बस्ने २६ वर्षीया उसा यादवलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यसैगरी वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका-८ अंचलपुरस्थितबाट बेवारिसे अवस्थामा रहेको एप्पल कम्पनीको इएरपोर्ट सय थान र मोबाइल क्लिनिर सय थान बरामद गरेको छ । अन्दाजी मूल्य ४३ लाख २९ हजार ८४० रुपैँया पर्ने उक्त सामान आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवललाई बुझाइएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले कोटहीमाइ गाउँपालिका-१ पतजियाबाट लु ४ प ३८४४ नम्बरको मोटरसाईकलसहित १५ थान साडी, १९ थान थानको कपडा गरी अन्दाजी ८० हजार मूल्य बराबरको सामग्री बरामद गरेको छ । यसैगरी इलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका-१ बसपार्कबाट लेडिज टप्स ६९ थान, साडी १८ थान, लेडिज सुट ४४ थान, लेहेङ्गा चोली १४, थानको कपडा ५ बन्डल र किराना सामानहरु गरी १ लाख ३९ हजार ६ सय मूल्य बराबरको सामग्री बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय मझगाँवा र प्रहरी चौकी हाटिबनगाई रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला मायादेबी गाउँपालिका-६ सानो दुर्गौलियाबाट लु ६८ प १२४६ र लु ४० प ५९७१ नम्बरको मोटरसाईकलमा ल्याउँदै गरेको लेडिज चप्पल २८० जोर, जेन्स चप्पल ९० जोर, जुत्ता र झोलाको कच्चापदार्थ ५ रोल गरी अन्दाजी मूल्य ३ लाख ६९ हजार ४ सय बराबरको सामान बरामद गरेको छ ।
यसैगरी प्रहरी चौकी मेउडिहवाबाट खटिएको प्रहरी टोलीले रुपन्देहीसिद्धार्थनगर नगरपालिका–२ झुण्डीबजारबाट लेडिजले लागाउने भित्री बस्त्र १२० थान, टप ३६० थान, सानो चिसो ४७ वटा गरी अन्दाजी मूल्य ५० हजार १५० बराबरको सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार प्रहरी चौकी पिप्रहवाबाट खटिएको प्रहरी टोलीले रोहिणी गाउँपालिका-४ खुरहुरियाबाट ५३६ वटा कुखुराको चल्ला र ३० वटा कुखुरा गरी अन्दाजी मूल्य ४९ हजार ८ सय बराबरको सामग्री बरामद गरेको छ ।
प्रकाशित मिति : सोमबार, भाद्र २ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्