तिलोत्तमा फेरी प्रदेशमा प्रथम, नेपालमै दोस्रो : स्वमुल्यांकनमा उत्कृष्ट

तिलोत्तमा फेरी प्रदेशमा प्रथम, नेपालमै दोस्रो : स्वमुल्यांकनमा उत्कृष्ट

तिलोत्तमा, रुपन्देही तिलोत्तमा नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन लिसाको आर्थिक वर्ष २०८०र०८१ को नतिजामा कार्यसम्पादनमा देशकै दोस्रो तथा लुम्बिनी प्रदेशको पहिलो स्थानियतहका रुपमा छनौट भएको छ । सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमवार प्रकाशित सूचनामा तिलोत्तमा नगरपालिकाले कार्यसम्पादन नतिजामा देशकै दोस्रो तथा लुम्बिनी प्रदेशको पहिलो स्थानियतहका रुपमा छनौट भएको उल्लेख गरिएको छ ।

तिलोत्तमाले अघिल्लो आर्थिक वर्ष कै दोस्रो स्थानलाई यर्थावत कायम राखेको नगरपालिकाले जनाएको छ ।गाउंपालिका, नगरपालिकाको कार्यप्रकृया र उपलब्धीको लेखा जोखा गरी शासकिय प्रकृया र विकास व्यवस्थापनमा गर्नु पर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने आवधिक समिक्षाको आधार प्राप्त गर्ने र स्थानिय सरकार बीच स्वस्थ प्रतिष्पर्धाको भावना जागृत गराउने उद्देश्यले कार्यान्वयनमा रहेको स्थानिय तह संस्थागत क्षमता स्वमूल्याकंनको आर्थिक वर्ष २०८०। ०८१ को नतिजाको गुणस्त्तर परिक्षणको कार्य आर्थिक वर्ष ०८१।०८२ मा सम्पन्न भएको हो ।

तिलोत्तमा संगै गुल्मीको रुरुक्षेत्र गाउंपालिका छैटौ स्थानमा छनोट भएको छ । त्यस्तै चितवनको खैरहनी नगरपालिका प्रथम भएको छ । अघिल्लो आर्थिक वर्षमा प्रथम भएको धादिङको नीलकण्ठ नगरपालिका यस पटक तेस्रो भएको छ ।त्यस्तै स्याङजाको अर्जुन चौपारी गाउंपालिका चौथो र धादिङकै बेनीघाट गाउंपालिका पांचौस्थानमा छनोट भएको छ ।छनौट भएका पालिकाहरुलाई यही भाद्र ६ गते सङीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलको सभाहलमा सङीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सम्मान गर्ने कार्यक्रम मन्त्रालयले तय गरेको छ । सम्मान लिनका लागि छनोटमा परेका पालिकाहरुवाट नगर प्रमुख वा पालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतलाई निमन्त्रण गरिएको छ ।

यो सफलता प्राप्तिका लागि योगदान पुर्याउनु हुने सबै जनप्रतिनिधीहरु, प्रमुख प्रशासकिय अधिकृत नारायण अर्याल, सम्पूर्ण कर्मचारीहरु ,आम तिलोत्तमा नगरवासी आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरू र देश बिदेशमा रहनुहुने नेपाली एबम विभिन्न संघसंस्था एवं संचारकर्मीहरु प्रति नगर प्रमुख रामकृष्ण खांणले आभार व्यक्त गर्नु भएको छ ।

प्रकाशित मिति : बुधबार, भाद्र ४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij