केही ठाउँमा बाढीको मध्यम जोखिम

केही ठाउँमा बाढीको मध्यम जोखिम

काठमाण्डौ – आज देशका केही ठाउँका नदी खोलाहरुमा बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाण्डौ, ललितपुर, भक्तपुर, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोटमा बाढीको मध्यम जोखिम छ ।

अछाम, डोटी, डडेलधुरा, बैतडी, दार्चुला, बझाङ, बाजुरा, बर्दिया, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भइ बहने स–साना नदीमा पनि बाढी आउन सक्ने महाशाखाले जनाएको छ । इलाम, झापा, ताप्लेजुङ, तेह्रथुम, रामेछाप, सिन्धुली, मकवानपुर, धादिङ, नुवाकोट, गोरखा, स्याङ्जा, तनहुँ, गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठान, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, दाङ, सल्यान, सुर्खेत, बाँके, जुम्ला, कालीकोट, डोल्पा, मुगु, हुम्ला र आसपासका नदी खोलाहरुमा पनि बाढीको जोखिम छ ।

पछिल्लो १२ घण्टामा कैलाली, लमजुङ, काठमाण्डौ, झापा, ताप्लेजुङ, भोजपुर, धादिङ, स्याङ्जा, गोरखा, काभ्रेपलाञ्चोक, पाल्पा, दाङ, जाजरकोट लगायतका ठाउँमा धेरै पानी परेको छ । अहिले भने पानी पर्ने क्रम केही रोकिएको छ । दिउँसो लुम्बिनी प्रदेशको तराई तथा सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहडी भूभागका साथै लुम्बिनी र कोशीको तराई भूभागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अरु ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, भाद्र १२ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij