बुटवलमा कांग्रेस–माओवादीको समीकरण जीवन्त छ : प्रचण्ड

बुटवलमा कांग्रेस–माओवादीको समीकरण जीवन्त छ : प्रचण्ड

बुटवल,  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुटवलमा अहिले पनि कांग्रेस–माओवादीको समीकरण जीवन्त रहेको महसुस गरेको बताउनुभएको छ । आइतबार बुटवलमा सहिद स्मृति प्रतिष्ठान रुपन्देहीका संस्थापक अध्यक्ष स्वर्गीय रामप्रसाद बञ्जाडे ‘टंकमणि’ को सालिक अनावरणका साथै पुस्तक विमोचन गर्दै प्रचण्डले बुटवल उपमहानगरपालिकाले धेरै सहयोग गरेको देखिएकाले अहिले पनि कांग्रेस–माओवादीको समीकरण जीवन्त रहेको महसुस आफूले गरेको उहाँले सुनाउनुभयो ।

उहाँले टंकमणिले सप्लाई विभागमा रहेर १० वर्षे जनयुद्धलाई सफल बनाउन विशेष भूमिका खेलेको स्मरण गर्नुभयो । प्रचण्डले जनयुद्धको समयमा जोखिमपूर्ण जिम्मेवारी बहन गरेर काम गर्ने टंकमणि साहसी योद्धा भएको उल्लेख गर्नुभयो ।

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले टंकमणि माओवादी मात्र नभई समग्र समाजका नेता भएको बताउनुभयो ।

उहाले आफूहरू कांग्रेस–माओवादी गठबन्धनबाट निर्वाचित भएकाले केन्द्रमा गठबन्धन भत्किए पनि पालिकामा गठबन्धनको मर्मअनुसार काम गरिरहेको उल्लेख गर्नुभयो । कार्यक्रममा पार्टीका उपमहासचिव वर्षमान पुन, सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनाल, पूर्वसभामुख ओनसरी घर्ति, पूर्वमन्त्री रेखा शर्मा, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी, जोखबहादुर महरा, प्रदेश अध्यक्ष सुदर्शन बराललगायतका नेता–कार्यकर्ताको उपस्थिति थियो । स्व। टङ्कमणिको २०७८ मङ्सिर ८ गते सवारी दुर्घटनामा निधन भएको थियो ।

 

प्रकाशित मिति : सोमबार, भाद्र १६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij