बि.पी.को जन्मजयन्तिमा काँग्रेस रुपन्देहीले खुल्ला म्याराथन गर्ने

बि.पी.को जन्मजयन्तिमा काँग्रेस रुपन्देहीले खुल्ला म्याराथन गर्ने

नेपाली काँग्रेसका संस्थापक नेता नेपालका प्रथम जननिर्वाचित प्रधानमनत्री बि.पी. कोइरालाको जन्मजयन्तिमा नेपाली काँग्रेस रुपन्देहीले खुल्ला म्याराथन प्रतियोगिता गर्ने भएको छ । नेपाली कांग्रेस रुपन्देहीको जिल्ला कार्यसमितिको बैठकले नेपाली काँग्रेसका संस्थापक नेता प्रथम जननिर्वाचित प्रधानमन्त्री बि.पी.को ११२ औं जन्मजयन्तिको अवसरमा खुल्ला म्याराथन (दौड) प्रतियोगिता गर्ने निर्णय गरेको हो ।
जिल्ला सभापति रामकृष्ण खाँणको अध्यक्षतामा हालै बसेको कार्यसमितिको बैठकले कार्यक्रम सम्पन्न गर्नको लागि कोषाध्यक्ष हरिप्रसाद अर्यालको संयोजकत्वमा उपसमिति समेत गठन गरिएको छ ।
काँग्रेसका संस्थापक नेता प्रथम जननिर्वाचित प्रधानमन्त्री बि.पी.को ११२ औं जन्मजयन्तिको अवसरमा यहि भदौ २४ गते जिल्ला सदरमुकाम भैरहवामा म्याराथन प्रपियोगिता गर्न लागिएको र उक्त प्रतियोगितामा करिव ५ सय जनाको सहभागिता हुनसक्ने कार्यक्रम संयोजक तथा कोषाध्यक्ष अर्यालले बताउनु भयो ।
भैरहवाको विमानस्थल चाेकदेखि बुद्धचाेकसम्म सञ्चालन गरिने म्याराथनमा प्रथम हुनेलाई मेडल सहित १० हजार रुपैंया नगद पुरस्कार प्रदान गरिने छ । त्यस्तै द्वितीय हुनेलाई मेडल सहित ५ हजार रुपैंया, तृतीय हुनेलाई मेडल सहित ३ हजार रुपैंया र सान्त्वना हुने २ जनालाई मेडल सहित जनही १ हजार ५ सय रुपैंया नगद पुरस्कार प्रदान गरिने पनि संयोजक अर्यालले जानकारी गराउनु भयो । उक्त प्रतियोगितामा सहभागि हुनका लागि नेपाली काँग्रेस रुपन्देहीले सबैलाई आह्वान गरेको छ ।
बैठकमा पार्टीको संगठन सुदृढीकरण, स्थानीय तहमा सक्रियता बढाउने र आगामी गतिविधिहरु प्रभावकारी बनाउनका लागि समेत महत्वपूर्ण निर्णयहरु गरिएको सो पार्टीले जनाएको छ ।

प्रकाशित मिति : बुधबार, भाद्र १८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij