लुम्बिनीका १ सय ४ पालिकामा वातावरण निरीक्षक नियुक्ति गर्न सर्वोच्चको आदेश

लुम्बिनीका १ सय ४ पालिकामा वातावरण निरीक्षक नियुक्ति गर्न सर्वोच्चको आदेश

काठमाडौं।

लुम्बिनी प्रदेशका १ सय ४ स्थानीय तहहरूमा वातावरण निरीक्षक नियुक्ति गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

 

सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले विपक्षीका नाममा वातावरण निरीक्षक नियुक्ति गर्न आवश्यक व्यवस्था गर्न भन्दै अन्तरिम आदेश जारी गरेको हो ।

 

नवीन पौडेल, नविना घिमिरे, कुशल पौडेल, बिष्णु गौतम र सर्दासुमन आचार्य र श्रिना नेपाल लगायतले दायर गरेको रिटमा शुक्रबार प्रारम्भिक सुनुवाइपछि सो आदेश भएको हो ।

 

रिटमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालय र प्रदेशका १०४ स्थानीय तहलाई विपक्षी बनाइएको थियो ।

 

वातावरण संरक्षण निकाय गठन नगरेकाले वातावरणीय सन्तुलनमा प्रतिकूल असर पर्नुका साथै नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक अधिकार हनन भएको दाबी रिटमा गरिएको थियो ।

 

निवेदक पक्षका तर्फबाट निवेदक नवीन पौडेल,नविना घिमिरे, श्रिना नेपाल तथा वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र अधिवक्ता संजय अधिकारीले बहस गरेका थिए

प्रकाशित मिति : शुक्रबार, भाद्र २० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij