नेपालको पहिलो प्रधानमन्त्रीमा शुशिला कार्कीले लिइन् सपथ

नेपालको पहिलो प्रधानमन्त्रीमा शुशिला कार्कीले लिइन् सपथ

काठमाण्डौ – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकी पूर्वप्रधानन्यायाधीश कार्कीलाई राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउनुभएको हो । यसअघि आजै राष्ट्रपति पौडेलले कार्कीलाई संविधानको धारा ६१ अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

आजै प्रधानमन्त्रीसहित केही मन्त्रीको शपथ गराउने तयारी भए पनि अन्तिममा हुन सकेन । सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीसँगै रहेको छ ।

शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्च पदस्थ अधिकारी र कूटनीतिज्ञहरूको सहभागिता थियो ।

पूर्वप्रधानन्यायाधीश कार्की देशको पहिलो महिला प्रधानमन्त्री बन्नुभएको हो ।

प्रकाशित मिति : शुक्रबार, भाद्र २७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij