जेनजी आन्दोलनका घाइतेलाई भेट्न प्रधानमन्त्री कार्की अस्पतालमा

जेनजी आन्दोलनका घाइतेलाई भेट्न प्रधानमन्त्री कार्की अस्पतालमा

काठमाण्डौ – प्रधानमन्त्री सुशीला कार्की भदौ २३ र २४ को प्रदर्शनका घाइते भेट्न अस्पतालमा पुग्नुभएको छ । कार्कीले राष्ट्रिय ट्रमा सेन्टर र सिभिल सर्भिस अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिनुभएको हो ।

दुवै अस्पतालमा भएका भेटका क्रममा प्रधानमन्त्री कार्कीले घाइतेहरुको राम्रोसँग उपचार गर्न चिकित्सकहरुलाई निर्देशन दिनुभएको छ । जेन–जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको सङ्ख्या ५२ जना पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा आगो लगाउँदा आफै जलेर घाइते भएका ४३ वर्षीय विजय तामाङको आज ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या ५२ जना पुगेको हो । चार सयभन्दा बढी घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : शनिबार, भाद्र २८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij