JanataToday.com

Advertisment

SKIP THIS

संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ, राष्ट्रपति रामचन्द्र पौडेल

संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ, राष्ट्रपति रामचन्द्र पौडेल

काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको मर्म र भावना अनुसार सबैलाई इमान्दार र प्रभावकारी प्रयास गर्न आह्वान गर्नुभएको छ । संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले वर्तमान संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले संविधानले प्रत्याभूत गरेका राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै आम नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । सबै किसिमका बेथितिलाई अन्त्य गर्दै सुशासनको माध्यमबाट समुन्नत राष्ट्रको अग्रस्थानमा नेपाल छिट्टै पुग्न सक्ने विश्वास समेत व्यक्त गर्नुभएको छ ।

यस्तै उपराष्ट्रपति रामसहायप्रसाद यादवले सङ्घीय प्रणालीमा जनविश्वास कायम राख्न अबका प्रयासहरू निर्णायक हुने उल्लेख गर्नुभएको छ । सभामुख देवराज घिमिरेले संविधानविरोधी गतिविधिलाई समयमा नै बुझ्न सके मात्रै संविधानको रक्षा र विधिको शासनको प्रवर्द्धन हुने विश्वास व्यक्त गर्नुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा विभिन्न दलका शीर्ष नेताहरूले पनि शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : शुक्रबार, असोज ३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij