संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ, राष्ट्रपति रामचन्द्र पौडेल

संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ, राष्ट्रपति रामचन्द्र पौडेल

काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको मर्म र भावना अनुसार सबैलाई इमान्दार र प्रभावकारी प्रयास गर्न आह्वान गर्नुभएको छ । संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले वर्तमान संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले संविधानले प्रत्याभूत गरेका राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै आम नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । सबै किसिमका बेथितिलाई अन्त्य गर्दै सुशासनको माध्यमबाट समुन्नत राष्ट्रको अग्रस्थानमा नेपाल छिट्टै पुग्न सक्ने विश्वास समेत व्यक्त गर्नुभएको छ ।

यस्तै उपराष्ट्रपति रामसहायप्रसाद यादवले सङ्घीय प्रणालीमा जनविश्वास कायम राख्न अबका प्रयासहरू निर्णायक हुने उल्लेख गर्नुभएको छ । सभामुख देवराज घिमिरेले संविधानविरोधी गतिविधिलाई समयमा नै बुझ्न सके मात्रै संविधानको रक्षा र विधिको शासनको प्रवर्द्धन हुने विश्वास व्यक्त गर्नुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा विभिन्न दलका शीर्ष नेताहरूले पनि शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : शुक्रबार, असोज ३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij