पुनर्निर्माण प्रक्रिया शुरू गर्न सरकारलाई संसदीय समितिको ध्यानाकर्षण

पुनर्निर्माण प्रक्रिया शुरू गर्न सरकारलाई संसदीय समितिको ध्यानाकर्षण

काठमाण्डाै – जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका सरकारी संरचनाको पुनर्निर्माण प्रक्रिया शुरू गर्न सरकारलाई संसदीय समितिले ध्यानाकर्षण गराएको छ ।

राष्ट्रियसभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको आज बसेको बैठकले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण प्रक्रिया थालनी गर्न भनेको हो । आन्दोलनका क्रममा संसद् भवन, सिंहदरबार, राष्ट्रपतिको कार्यालय, सर्वोच्च अदालतलगायत देशभरका सरकारी, सार्वजनिक, निजी भवनमा ठूलो क्षति पुगेको छ ।

समितिले घटनाको छानबिन, दोषीमाथि कारबाही र यथाशीघ्र पुनर्निर्माण प्रक्रिया शुरू गर्न सरकारकाे ध्यानाकर्षण गर्ने निर्णय गरेको समितिकी सभापति कमलादेवी पन्तले जानकारी दिनुभयो ।

आजको बैठकले समितिको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन परिमार्जनसहित पारितसमेत गरेको छ ।

प्रकाशित मिति : आइतबार, असोज ५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij