काठमाण्डाै – करेन्ट लागेर रुपन्देहीमा श्रीमान्–श्रीमतीको ज्यान गएको छ । गैडहवा गाउँपालिका वडा नम्बर ६ कानिजवाका ७५ वर्षीय रामरतन सैठवार र उहाँकी श्रीमती ६८ वर्षीया अकाली सिंह सैठवारको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
आज बिहान विद्युतीय मोटरको तार जोड्ने क्रममा उनीहरूलाई करेन्ट लागेको हो । बिहान पानी तान्न पावर सकेटमा मोटरको तार जोड्दा अकाली सिंहलाई करेन्ट लागेको र श्रीमतीलाई करेन्ट लागेको देखेपछि छुटाउन गएका रामरतनलाई पनि करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।
तारमा पावर सकेटमा जोड्ने टुपिन नभएको र नाङ्गो तार जोड्ने क्रममा करेन्ट लागेको पाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, असोज ८ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्