काठमाण्डौ – प्रधानमन्त्री सुशीला कार्कीले आज देशका नाममा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज दिउँसो चार बजे मन्त्रिपरिषद्को बैठक बस्ने र बेलुकी ६ बजे प्रधानमन्त्री कार्कीले देशका नाममा सम्बोधन गर्नुहुने कार्यतालिका तय भएको छ ।
‘जेनजी’ आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गर्नुभएकी प्रधानमन्त्री कार्कीले पहिलो पटक देशका नाममा सम्बोधन गर्न लाग्नुभएको हो । गएको भदौ २७ गते पूर्वप्रधानन्यायाधीश कार्की प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जगमा अन्तरिम सरकार गठन भएको थियो । प्रधानमन्त्री कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गरी आउँदो फागुन २१ गते निर्वाचनको घोषणा गरेको छ ।
प्रकाशित मिति : बिहिबार, असोज ९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्