गुल्मी – मदाने गाउँपालिका वडा नम्बर ५ झ्यानपानीमा चट्याङ लागेर चार वर्षीया बालिकाको ज्यान गएको छ । नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको चट्याङ लागेर घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारूले जानकारी दिनुभयो ।
उहाँका अनुसार गएराति दुई बजेको चट्याङले विकका बुबा नेरसिंह र आमा सुन्तली विक भने घाइते भएका छन् । घरमा सुतिरहेको अवस्थामा चट्याङ लागेर नेरसिंहको छाती र पेटमा नीलडाम लागेको छ भने श्रीमती सुन्तलीको पेट र दायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।
घाइते दम्पत्तिलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएपनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल प्युठान पठाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, असोज ९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्