जेन–जी आन्दोलनमा दमन गर्नेलाई कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

जेन–जी आन्दोलनमा दमन गर्नेलाई कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाण्डाै – अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले गएकाे भदाै २३ र २४ गते जेन–जी आन्दोलनमा दमन गर्ने गर्नेलाई कानूनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भन्नुभयाे, ‘आन्दोलनका क्रममा गोली हानेर युवाहरूको हत्या गर्ने कार्यमा संलग्नलाई सख्त कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

यस्तै प्रधानमन्त्रीले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गरी ज्यान गुमाएका परिवारलाई आवश्यक राहतको घोषणा गरिएको पनि उल्लेख गर्नुभयाे । घाइतेहरूको निःशुल्क उपचार भइरहेको उहाँले बताउनुभयाे ।

प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण गर्दै देशमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।

जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउनेकाे सङ्ख्या ७४ जना पुगेकाे छ ।

प्रकाशित मिति : बिहिबार, असोज ९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij