रुपन्देहीको कोटहीमाई गाउँपालिकामा चारवटा‘हाई मास्ट लाइट’ जडान

रुपन्देहीको कोटहीमाई गाउँपालिकामा चारवटा‘हाई मास्ट लाइट’ जडान

भैरहवा , रुपन्देहीको कोटहीमाई गाउँपालिकामा ‘हाई मास्ट लाइट’ टावर लाइट जडान गरिएको छ । भैरहवा–मर्चवार सडकखण्ड अन्तर्गत गाउँपालिकाका चारवटा चोकमा उक्त लाइट जडानपछि आवतजावतमा सहज हुनुको साथै व्यवसायिक कार्यमा समेत सहयोग पुगेको स्थानीयको भनाइ छ । लाइट जडान भएपछि स्थानीयले खुसी समेत व्यक्त गरेका छन् ।

कोटहीमाई–३ का स्थानीय युवा हरिकेश पालले उक्त लाइटले नागरिकलाई धेरै फाइदा पुगेको बताउनुभयो । मुख्य सडकमा लाइट जडानले सवारी दुर्घटनाका साथै लुटपाट लगायतका घटना न्यूनीकरणमा समेत सहयोग पुग्ने बताउनुभयो ।

त्यस्तै स्थानीय व्यवसायी मोहम्मद आरिफ खानले कोटहीमाई गाउँपालिकाले लाइट जडान गर्नु सराहनीय कार्य गरेको बताउनुभयो । मुख्य चोकहरुमा अत्याधिक भिडभाड हुँदा सवारीचालकले प्रष्ट देख्न सक्ने भएकाले यसले दुर्घटना न्यूनीकरणमा पनि टेवा पुग्ने उहाँले बताउनुभयो । उहाँले पछिल्लो समय भइरहेका चोरी तथा लुटपाटका घटनामा समेत कमी आउने विश्वास व्यक्त गर्नुभयो । व्यवसायी खानले बाँकी रहेका अन्य चोकहरुमा समेत लाइट जडान गर्न गाउँपालिकासँग माग राख्नुभयो ।

गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले ‘उज्यालो कोटहीमाई गाउँपालिका’ अभियान अन्तर्गत टावर लाइट जडान गरिएको बताउनुभयो । रातीको समयमा अन्धकार हटाएर चोक, सडक, मठमन्दिर, स्वास्थ्य चौकी लगायतका सार्वजनिक स्थलमा टावर लाइट, सोलार लाइट लगायतका बत्तीहरु जडान कार्य भइरहेको अध्यक्ष त्रिपाठीले जानकारी दिनुभयो । उहाँका अनुसार सुरुवाती चरणमा वडा नम्बर ३ को मर्यादपुर, ५ को मझगावाँ र दुईमोहान तथा वडा नम्बर ७ को परसहवा बजारमा लाइट जडान भइसकेको जानकारी दिनुभयो । रुपन्देहीको दक्षिण क्षेत्र मर्चवारमा पर्ने कोटहीमाई गाउँपालिकामा ७ वटा वडाहरु छन् । मर्चवार क्षेत्रलाई अन्नको भण्डार भनेर पनि चिनिन्छ ।

 

 

प्रकाशित मिति : मंगलबार, असोज १४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij