काठमाडौं, अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी शहीदका परिवारसँग भेट्ने क्रममा सरकारमा भएकाहरूको बुद्धि नपुगेकाले युवाको ज्यान गएको बताउनुभयो । बिहीबार काठमाडौंमा रहेका जेन–जी शहीदका परिवारसँग भेटघाटका क्रममा प्रधानमन्त्री कार्कीले यस्तो टिप्पणी गर्नुभयो।
‘दुःखद घटना भयो । सरकारमा हुनेको बुद्धि पुगेन जस कारण यो दुर्घटना भयो,’ प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘बच्चाहरूले पढ्ने कसरीरु उहाँहरूको पढाइ, कामहरू दिने गरी सोचिरहेका छौँ।’
शहीद परिवारलाई नोक्सान जे भयो, त्यसको क्षतिपूर्ति हुन नसक्ने भन्दै उनले राज्यले राहतको प्रबन्ध गर्ने बताउनु भएको छ । ‘राज्यले ज्यान फर्काएर त ल्याउन सक्दैन । राज्यबाट मद्दत गर्ने उठ्नलाई भन्ने हो’, उहांले भन्नुभयो ।
प्रकाशित मिति : बिहिबार, असोज १६ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्