इलाममा पहिरो : १८ जनाको मृत्यु, उद्धार कार्य अवरुद्ध

इलाममा पहिरो : १८ जनाको मृत्यु, उद्धार कार्य अवरुद्ध

काठमाण्डौ – इलामका विभिन्न स्थानमा गएको पहिरोका कारण कम्तीमा १८ जनाको ज्यान गएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार इलामको माङसेबुङ, सूर्योदय, देउमाई, फाकफोकथुम गाउँपालिका र इलाम नगरपालिकामा ठूलो जनधनको क्षति भएको हो।

प्रहरीका अनुसार इलाम नगरपालिका–५ घोसगाउँमा ६ जना, सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा ५ जना, माङसेबुङ गाउँपालिका–१ पाटीगाउँमा ३ जना, देउमाई नगरपालिका–५ धारेमा १ जना र त्यही नगरपालिकाको धुसुनेमा २ जना तथा फाकफोकथुम गाउँपालिका–३ रातमाटेमा १ जनाको मृत्यु भएको छ।

माङसेबुङ गाउँपालिकामा थप दुई जना गम्भीर घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि लैजाने तयारी भए पनि लगातारको वर्षा र खराब मौसमका कारण हेलिकप्टर जान नसकेको प्रहरीले जनाएको छ।

उद्धार तथा राहत कार्यमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा खटिएका छन्।

प्रकाशित मिति : आइतबार, असोज १९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij